सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामी अस्पतालबाट डिस्चार्ज
बिहीबार, २२ चैत २०८०, ११ : ०८
वाशिङ्टन डीसी । जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् । ६२ वर्षका रक स्लेमनलाई बुधबार घर पठाइएको हो । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा दुई हप्ता अघि शल्यक्रिया गरेर स्लेमनको शरीरमा सुँगुरको मिर्गौला हालिएको थियो ।
विगतमा जिन संशोधन गरिएको सुँगुरको अंग मानवमा प्रत्यारोपणको प्रयास असफल भएका थिए । तर यसमा देखिएको सफलतालाई वैज्ञानिकहरूले सरहाना गरेका छन् । मानव मिर्गौला प्रत्यारोपण गरेको ५ वर्षमै समस्या आएपछि डाइलिसिस गराइरहेका स्लेम्यानलाई पुनः मिर्गौला चाहिएको थियो ।
मार्च १६ मा चार घण्टा लामो शल्यक्रियापछि डाक्टरहरूले जिन संशोधन गरिएको सुगुरको किड्नी उनको शरीरमा प्रत्यारोपण गरिदिए । किड्नीले स्लेम्यानको शरीरमा राम्रोसँग काम गरिरहेको अनि डाइलिसिस पनि नचाहिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कबाडमा पनि बिक्री हुन नसक्ने अवस्थामा पुगे बेवारिसे ट्रली बस