धादिङका किसान चैतेधान रोप्न व्यस्त
बिहीबार, २२ चैत २०८०, १० : ४५

मलेखु । धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।
चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका–७ का किसान बलराम अधिकारीले बताए।
कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा दश हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिए । उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण सङ्कन भई नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प