छुटे राजेशपायल राईसहितका कलाकार
बिहीबार, २२ चैत २०८०, १० : ०७

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।
गए राति मापसे गरी होहल्ला गरेपछि काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने–' बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । '
'हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो । रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ । हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? 'उनले प्रश्न गरे ।
राजेशपायल राई लोकप्रिय कलाकार हुन् । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा उनको उच्च माग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?