मेटामा फेरि समस्या : व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टासम्म डाउन

काठमाडौँ । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भए। तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।
बुधवार राति अबेरसम्म, विश्वभरका हजारौँ प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या भइरहेको रिपोर्ट गरेका थिए । धेरै मानिसहरूले एक्समा यस बारे ट्वीट गरे। राति ११ः४५ बजेतिर मेटामा समस्या सुरु भएको थियो र करिब एक घण्टासम्म प्लेटफर्म डाउन रह्यो ।
वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजारभन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका थिए ।
त्यसपछि, एक्सको एक पोस्टमा व्हाट्सएपले भन्यो, ‘हामीलाई थाहा छ कि केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन्। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौँ ।’ यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय