एम्बाप्पेको गोलमा पीएसजी फ्रेन्च कपको फाइनलमा
बिहीबार, २२ चैत २०८०, ०९ : १८

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा पीएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
पीएसजीलाई फाइनल पुर्याउन किलियान एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्बाप्पेले ४० औँ मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए ।
फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ । लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लियोन र पीएसजीबिचको फाइनल खेल मे २५ मा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?