लुम्बिनीमा चौथो अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची
बिहीबार, २२ चैत २०८०, ०८ : २३

बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आज दिउँसो आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आज दिनको ४ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
आजको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैठकमा विश्वासको मत सम्भावित कार्यसूची प्रदेश सभा सार्वजनिक गरेको छ।
आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने र मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने छन् । सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने छन् । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहको प्रदेशसभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ