आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको बजेट अपर्याप्त रहेको भन्दै आगामी वर्ष बजेटमा वृद्धि हुने आशा व्यक्त गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सवको अवसरमा बुधवार मन्त्री श्रेष्ठले खेल क्षेत्रका विकासका लागि अनेकन स्थानबाट बजेट माग हुँदै आएपनि सो अनुरूप निकासा या परिपूर्ति गर्ने अवस्था नरहेको बताए । तथापि, आगामी वर्षको बजेटमा भने वृद्धि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट विश्वास प्रदान भएको मन्त्री श्रेष्ठले जानकारी दिए । साथै अब खेलाडीहरूले पाउनुपर्ने पुरस्कार पनि छिट्टै निकासा गर्न प्रधानमन्त्रीबाट निर्देशन भइसकेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गरे । उनले खेल क्षेत्र राष्ट्रिय एकता र पहिचानको माध्यम रहेको धारणा राखे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राखेपको ६० औँ वार्षिकोत्सव नेपाली खेलकुदको संस्थागत विकास र आगामी मार्गनिर्देशनको आधार बन्ने विश्वास व्यक्त गरे । आगामी २० औँ एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकको पदक जित्ने लक्ष्यसहित तयारी भइरहेको उनले बताए । खेलकुद पुरस्कार सम्बन्धित कानुन व्यवस्थाको सुनिश्चिता भइसकेको र त्यसको कार्यान्वयन पनि छिट्टै हुने राखेप सदस्यसचिव घिसिङले विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीलाई ट्वान्टी–२० विश्वकपको तयारीका लागि सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएको प्रति घिसिङले धन्यवाद व्यक्त गरे ।
सो वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । पाँच खेलाडी (१ पारासहित), समान १÷१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, दुई खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) सम्मान भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल