फेरि जन्मियो नयाँ पार्टी
आइतबार, ०९ वैशाख २०७५, २२ : १३
काठमाडौँ- देशको स्वाभिमानको रक्षा र जनताको सेवा गर्ने भन्दै माओवादी पूर्वजनमुक्ति सेना पार्टी, नेपाल गठन गरिएको छ ।
रञ्जीत गुरुङको अध्यक्षतामा ९५ सदस्यीय कार्यसमिति गठन गरिएको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वाभिमानको रक्षा गर्न आम उत्पीडित, शोषण, अन्याय र अत्याचारका विरुद्ध न्यायको पक्षमा उभिन पहल गरिने अध्यक्ष गुरुङले बताए ।
विगतमा भएको १० वर्षे द्वन्द्वका कारण शहीद, बेपत्ता परिवारका सदस्य, घाइते, शारीरिक क्षमता कमजोर भएका तथा इमान्दार कार्यकर्ताप्रति उच्च सम्मान गर्दै उनीहरुको समस्याप्रति सम्बन्धित निकायमा पहल गरिने विज्ञप्तिमा भनिएको छ ।
मुलुकको विकास, समृद्धि तथा अन्याय र अत्याचारका विरुद्ध संघर्ष गरी सामाजिक सशक्तीकरणका लागि पार्टीले राजनीतिक गतिविधि सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा