आरती रावलद्वारा सर्वोच्चको इजलासमा विष सेवन

काठमाडौँ । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छिन् । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा रवालले विष सेवन गरेकी हुन् ।
उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन् ।
श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लगेको थियो । तर, अदालतले उनलाई धरौटीमा छोडेको थियो ।
यता, सामाखुसीस्थित डेरामा पनि आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिइन् । गत वैशाख १७ गते काठमाडौँ जिल्ला अदालतमा पनि बलात्कारको मुद्दा दायर भयो । जिल्लाले पनि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उक्त आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा पुनरावेदन गरिन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेकी आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् । आरतीले यसअघि सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु