सुदूरपश्चिम प्रदेश सरकार
रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकको अर्को ह्विप
बुधबार, २१ चैत २०८०, १६ : १४

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका लागि जारी गरेको ह्विपको विरुद्धमा त्यहाँका प्रमुख सचेतकले अर्को ह्वीप जारी गरेका छन् । अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेको केही समयपछि सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न ह्विप जारी गरेका हुन् ।
सचेतक डगौराले जारी गरेको ह्विपमा भनिएको छ, ‘मुख्यमन्त्री कमलबहादुर शाहले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदानका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्विप) जारी गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी
-
समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण