कर्णाली प्रदेश
कर्णाली प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीले राजीनामा दिँदै
बुधबार, २१ चैत २०८०, १६ : ११

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ । वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा सुरु बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने तयारी गरेका छन् ।
यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन् ।
कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको उक्त सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न आनाकानी गरेकोमा लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । उनले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल
-
प्रहरीसँगको झडपपछि आज हजारौँ शिक्षक सडक आन्दोलनमा थपिए
-
राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजीखोजी पक्राउ गरियोः लिङ्देन
-
हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना
-
'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो'
-
सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव