गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो ।
निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईंलाई ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकका रूपमा सरुवा तथा पदस्थापन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरमा रही हाल गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ । ईलाका प्रशासन कार्यालय साँखुमा कार्यरत उपसचिव सीता परियारलाई पनि अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि