पोखरामा १९ औँ फेवा नव वर्ष महोत्सव हुने
काठमाडौँ । होटल संघ पोखराको आयोजनामा चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औँ फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
चैत २९ देखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । ‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ । कोभिड १९ पछि पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवले लिएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै विदेशमा पनि राम्रो सन्देश गइरहेको बताए । उनले फेवा महोत्सवले पोखराको झनै प्रचार हुने बताए । उनले सरकारले सडक व्यवस्थित बनाउन र विमानस्थल सञ्चालन गर्न पहल गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले काम गरेपछि सरकारबाट हुने काम पनि समयमा हुनुपर्ने दबाब जाने बताए ।
महोत्सवमा गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवर्द्धन गर्ने, परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने, सांस्कृतिक झाँकीका कार्यक्रम, कलाकारहरूको प्रस्तुति, पर्यटक दौड प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा समेटिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म