प्रदीप किन पुगे अमेरिका ?

काठमाडौँ । अभिनेता प्रदीप खड्का अमेरिका पुगेका छन् । हालै फिल्म ‘पूजार सार्की’को छायाङ्कन सकाएका प्रदीप केही दिनअगाडि अमेरिका पुगेका हुन् । उनीसँग निर्माणाधीन फिल्म ‘एरी’ का निर्देशक जीवन थापा पनि छन् ।
दुवै फिल्मको तयारीका लागि अमेरिका पुगेको बताइन्छ । तर अमेरिका यात्राको विषयमा प्रदीपले आधिकारिक धारणा केही पनि राखेको छैनन् ।
प्रदीपको हातमा ‘एरी’ सहित ‘पिताम्बर’, ‘एक्टर’ लगायत केही फिल्म छ । जसको छायाङ्कन उनले छिट्टै गर्नुपर्नेछ । केही फिल्मको स्क्रिप्ट पढिहरेको उनले केही अगाडि बताएका थिए ।
करिब ९ वर्षको फिल्मी करियरमा ८ वटा फिल्म अभिनय गरेका प्रदीपले अमेरिकामा प्रोडक्सन डिजाइनर कृष्ण कोइराला, छायाँकार पवन गौतम, व्यवसायी प्रकाश श्रेष्ठ, इभेन्ट आयोजक दिवस बन र सुशान तिवारीलाई भेट गरेका छन् । फिल्म ‘ऐरी’ को अमेरिका छायाङ्कनका लागि विभिन्न व्यक्तिसँग उनको भेट भएको अनुमान गर्न सकिन्छ ।
हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट प्रदीपले बलिउडमा डेब्यू गर्दैछन् । हिन्दीसहित नेपाली, तमिल र अङ्ग्रेजी भाषामा फिल्म निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण