सांसद बजगाईंको कटाक्ष : सहकारी काण्डले कांग्रेसमा टिकट नपाएकाहरु रास्वपा जाने बाटो बन्द हुने भयो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सहकारी काण्डले कांग्रेसमा टिकट नपाएकाहरु जाने ठाउँ रास्वपामा पनि बाटो बन्द भएको कटाक्ष गरेका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र विपिन आचार्यको नाम जोडिएपछि सांसद बजगाईंले यस्तो कटाक्ष गरेका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै अवसर खोज्दै रास्वपा जानेहरूप्रति सांसद बजगाईंले चिन्ता व्यक्त गरेका हुन् । ‘कांग्रेसले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ रास्वपा अवसरको ठाउँ बनेको थियो। यो सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुने अवस्था छ। मलाई साथीहरुदेखि साह्रै चिन्ता लागेको छ,’ उनले भने ।
यस्तै उनले बुढीगण्डकीमा माछा मार्नेहरूले बुढीगण्डकीको माछा केन्द्रीय सरकालाई पठाएपछि त्यो परियोजना बन्छ कि भन्ने आशा पालाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण