बालिका जबर्जस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला
दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।
साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।
प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली अस्पताल विस्तारको बाटो खुल्यो
-
माओवादी केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवमा पुन र प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य
-
कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्यको ‘च्याप्टर क्लोज’
-
नो केबलकार आन्दोलन : वार्तामार्फत समाधान खोज्न जसपा नेपालको आग्रह
-
जसपा नेपालको कार्यकारिणी बैठक : अध्यादेशबारे संसदीय दलको बैठकले निर्णय लिने
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल जारी