सत्ता राजनीति
मुख्यमन्त्रीको राजीनामाको विषय अझै अनिर्णीत
बुधबार, २१ चैत २०८०, १३ : २७

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको राजीनामाबारे बैठकमा छलफल भएपनि कुनै सहमति जुट्न नसकेको हो ।
प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठक निष्कर्षविहीन बनेको र फेरि केन्द्रका प्रतिनिधिसहितको बैठक बसेर टुंगो लगाउने उनको भनाइ छ । उनका अनुसार नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरु एमालेका नेताहरुसँग छलफलमा जुटेका छन् ।
सो छलफलपछि फेरि बैठक बसेर राजीनामा दिने या के गर्ने भन्नेबारे निर्णय हुने उनको भनाइ छ । सत्ता गठबन्धनमा केन्द्रीय सहमतिअनुसार कर्णालीको नेतृत्व एमालेलाई दिने भनिएपनि माओवादीले आफ्नो दाबी नछाड्दा समस्या भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले