ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै काठमाडौँ महानगरपालिका र अख्तियारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए ।
उनले भने– ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन ।’
उनले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताए । पन्तले भने– ‘ त्यसको छानबिन होस भनेर महानगरपालिकामा पनि निवेदन दिइयो, तर छानबिन भएको छैन । त्यसैले म काठमाडौँ महानगरपालिका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु