चार महिनापछि बाइडेन र सीबिच पहिलोपटक संवाद, १ घण्टा ४५ मिनेट लामो छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग मंगलबार टेलिफोन संवाद गरेका छन् । गत नोभेम्बरमा भएको भेटयता दुई नेताबिच संवाद भएको यो पहिलो अवसर हो ।
दुई देशका अधिकारीहरूले दुई देशबिचको तनाव कम गर्न प्रयास गरिरहेका बेला उनीहरूबिच कुराकानी भएको हो । विश्वका विभिन्न क्षेत्रमा तनाव बढिरहेका बेला दुई नेताबिच भएको कुराकानीलाई महत्त्वका साथ हेरिएको छ ।
टेलिफोन संवादमा गाजा र युक्रेनमा जारी युद्धका साथै उत्तर कोरियाको परमाणु हतियार परीक्षण लगायतका विषयमा छलफल भएको सीएनएनले जानकारी दिएको छ । त्यस्तै, ताइवान, साउथ चाइना सीलगायत दुई देशबिच तनाव सिर्जनाका भएका विषयहरूमा पनि छलफल भएको बताइएको छ ।
ह्वाइट हाउसका अनुसार बाइडेन र सीबिच अमेरिका र चीनले सहकार्य गर्न सक्ने विषयहरूमा समेत छलफल भएको थियो । यसमा लागु औषध तस्करीको नियन्त्रण, एआई, जलवायु परिवर्तनलगायतका विषय सामेल थिए । ह्वाट हाउसले १ घण्टा ४५ मिनेट लामो संवादलाई ‘क्यान्डिड’ र सकारात्मक भएको बताएको छ । चीनको विदेश मन्त्रालयले पनि दुई नेताबिच गहन छलफल भएको जिकिर गरेको छ । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ