नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छ: अध्यक्ष ढकाल

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै ढकालले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा माग र महत्त्व बढ्दै गइरहेको जिकिर गरेका हुन् ।
उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्त्व झनै बढेर गएको बताए । उनले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताए । उनले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताए । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरू भए पनि पर्याप्त नभएको जिकिर गरे ।
उनले भने, ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्त्वपूर्ण भूमिका छ । पछिल्लो तथ्याङ्कअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्त्वपूर्ण भूमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिब ४० अर्ब जति लगानी गरेको तथ्याङ्क छ । यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ ।’
अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्न सक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
बाटो नै बन्द गरेर त्रिचन्द्र कलेजमा मतदान जारी, तस्बिरहरू
-
बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...
-
प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन
-
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
-
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान