रोडे आइल्यान्ड, कनेक्टिकट र न्यूयोर्कको प्राइमरीमा ट्रम्प र बाइडेनको जित

वाशिङटन डीसी । रिपब्लिकन प्राइमरी चुनावमा न्युयोर्कबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्राइमरी चुनावमा न्युयोर्कबाट राष्ट्रपति जो बाइडेन विजयी भएका छन् । अप्रिल २ मा चारवटा अमेरिकी राज्यहरू रोड आइल्याण्ड, कनेक्टिकट, न्यूयोर्क र विस्कन्सिनमा प्राइमरी चुनाव सम्पन्न भएको छ ।
रिपब्लिकन पार्टीबाट ट्रम्प र डेमोक्रेटिक पार्टीबाट बाइडेनको राष्ट्रपतिको उम्मेदवारी तय भइसकेकाले अहिले औपचारिकताका रुपमा मात्र यी चुनावहरू सम्पन्न भएका हुन् । ट्रम्प र बाइडेनले रोडे आइल्याण्ड, कनेक्टिकट र न्यूयोर्कमा आ–आफ्नो पार्टीको प्राइमरी निर्वाचनमा जित हासिल गरेका छन् ।
विस्कन्सिनको चुनावी नतिजा आउन बाँकी छ । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । ट्रम्प र बाइडेनले प्राइमरी चुनावमा जस्तो खालको दबदबा देखाएका छन्, यसले नोभेम्बरमा हुन लागेको निर्वाचनमा यी दुबैबिच कडा प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ ।
रिपब्लिकन पार्टीको प्राइमरी चुनावमा ट्रम्पले कनेक्टिकटमा ७८ प्रतिशत, न्युयोर्कमा ८१ प्रतिशत र रोडे आइल्याण्डमा ८४ दशमलव प्रतिशत मत प्राप्त गरेका थिए । विस्कन्सिनमा पनि ट्रम्प नै अगाडि छन् । डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा बाइडेनले कनेक्टिकटमा ८५ प्रतिशत, न्युयोर्कमा ९१ प्रतिशत र रोडे आइल्याण्डमा ८२ प्रतिशत मत पाएका थिए ।
इजरायल र हमासबिच जारी युद्धका कारण राष्ट्रपति बाइडेनले पनि धेरै विरोधको सामना गर्नुपरिरहेको छ । अप्रिल २ मा भएको चार राज्यको चुनावमा सामाजिक कार्यकर्ताहरूले डेमोक्रेटिक पार्टीका समर्थकहरूलाई जो बाइडेनलाई भोट नगर्न अपिल गरेका थिए । इजरायल–हमास युद्ध पनि ठिकसँग ह्यान्डल नगरेको आरोप उनीमाथि छ । अर्थ व्यवस्थाको स्तरमा बाइडेनले गरेको कामबाट केही मानिसहरू खुसी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली