गण्डकीका मुख्यमन्त्रीद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।
माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर,
पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् ।
सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ सम्म सरकार गठन र गिराउन कुनै भुमिका नखेल्ने स्पष्ट पारिसकेको छ । पाण्डेले विज्ञहरुसँग सल्लाह गरेरै राजीनामा दिएको बताइएको छ । राजीनामा अघि आजै मन्त्रीपरिषद बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’