पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
![पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै](https://npcdn.ratopati.com/media/news/topbahadur_expMiDwdAd.jpg)
काठमाडौँ । नक्काली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो ।
काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।
सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
बुधबार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारीको रिटमाथि सुनुवाइ हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान
-
सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश
-
‘दुई दलीय व्यवस्थाको कुरा गर्नेहरू दुष्ट मतिका हुन्’
-
अब म मुक्कुमलुङ जान्छु : महतो
-
विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन