रोनाल्डोको लगातार दोस्रो ह्याट्रिक

रियाद । क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो खेलमा ह्याट्रिक गर्दा अल– नासरले अबामाथि शानदार जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा अल–नासर साउदी प्रो लिगमा ८–० गोल अन्तरले विजयी बनेको हो ।
खेलको ११ औँ मिनेटमा रोनाल्डोले अल–नासलाई अग्रता दिलाएका थिए । २१ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा साडियो मानेले तेस्रो गोल गरे । ४२ औँ मिनेटमा रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे ।
३९ वर्षीय खेलाडीको करियरको यो ६५ औँ ह्याट्रिक थियो । पोर्चुगिज खेलाडी यो सिजन साउदी प्रो लिगको गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् । उनले २९ गोल गर्दा अल हिलालका अलेक्सान्डर मित्रोविचले २२ गोल गरेका छन् ।
पहिलो हाफको अन्त्यमा अब्दुल माजिद अल–सुलेहिमले अल–नासरका लागि पाँचौँ गोल थपे । दोस्रो हाफमा पनि टोलीको गोल वर्षा जारी रह्यो । अब्दुलरहमान घारिबले एक तथा अब्दुलाजिज अल–अलिवाले दुई गोल गरे ।
जितका बाबजुद अल–नासर लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । शीर्ष स्थानमा रहेको अल–हिलालभन्दा टोली १२ अङ्कले पछि छ । टोलीले अब लिगमा दामाकको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात