कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी
बुधबार, २१ चैत २०८०, ०७ : ५८
काठमाडौँ । कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
६४ औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो । अब दोस्रो लेग २४ तारिखमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग