युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रुसको दाबी

मस्को । रुसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको भारी मात्राको विस्फोटक पदार्थ जफत गरेको बताएको छ ।
लाटभियन सीमा नजिकैको उत्तरपश्चिमी पेस्कोभ क्षेत्रमा सामानको जाँचपछि उक्त विस्पोटक पदार्थ जफत गरिएको एफएसबीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
एफएसबीका अनुसार ‘युरोपेली सङ्घ हुँदै युक्रेनबाट विस्फोटक पदार्थको सीमापार यातायात मार्ग भएको भन्दै कार्गो रोमानिया, हङ्गेरी, स्लोभाकिया, पोल्याण्ड, लिथुआनिया र लाटविया हुँदै गएको’ थियो ।
जफत गरिएको विस्पोटक पदार्थमध्ये कार्गोमा ७० किलो घरेलु विस्फोटक र विस्फोटक उपकरणहरू ‘मूर्ति’मा लुकेको र प्रयोगका लागि तयारी अवस्थामा थिए ।
यस कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै विदेशीहरू सहित सबै संलग्नहरूलाई पत्ता लगाई रुसमा कानुनी कार्यवाही गरिने स्रोतले जनाएको छ । -रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुर गुडिरहेको कारमा आगलागी
-
बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा