कालीमाटी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिए

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिएका छन् । ११ जना सदस्य रहने विकास समितिमा व्यवसायीबाट मंगलबार ३ जना प्रतिनिधि छानिएका हुन् ।
प्रतिनिधि छानिनेमा कमल अर्याल, संचिता पाठक र रामशरण रिजाल रहेका छन् ।
अर्यालले २१७ मत प्राप्त गरे । पाठकले २०५ मत ल्याइन् र रमशरण रिजाल १६० मत पाएका छन् । ३ जना प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तथा निर्वाचन समितिका संयोजक डा. महादेव प्रसाद पौडेलका अनुसार उम्मेदवार बन्नेमा ३ महिला र ८ पुरुष थिए । जसलाई ५८६ व्यवसायीले भोट गरेका थिए । धेरै भोट प्राप्त गरेकाहरू व्यवसायीको प्रतिनिधि छानिएका हुन् । यसमध्ये ५४२ जना कालीमाटी बजारको र ४४ जना बालाजु तरकारी बजारका व्यवसायी थिए । चुनिएका सदस्यको दुई वर्ष कार्यकाल छ ।
सो समितिमा ११ जना रहने व्यवस्था छ । समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रहने व्यवस्था छ ।
यस्तै, एक जना सदस्य सचिव हुने व्यवस्था छ । सदस्य सचिवमा कालीमाटी बजारका कार्यकारी निर्देशक रहने नियम छ ।
यस्तै, नौ जना सदस्य हुन्छन् । सदस्यमा एक जना कृषि विभागका सहसचिव, एक जना काठमाडौँ महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष, तीन जना व्यवसायी, एक जना कर्मचारी स्वतन्त्र युनियनको पदाधिकारी र कृषि मन्त्रालयले चुनेका तीन जना कृषक प्रतिनिधि हुन्छन् ।
मन्त्रालयका सहसचिव, विभागका उपसचिव, कालीमाटी बजारका कार्यकारी निर्देशक र वडा अध्यक्ष गरी ४ जनाको पद निरन्तर हुन्छ भने अन्य ७ जना पदाधिकारीको दुई वर्ष कार्यकाल हुने डा.पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त