‘द बुल’बाट बाहिरिएका हुन् सलमान खान ?

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘द बुल’ घोषणा भएयता नै उनका फ्यानहरू हलमा कहिले यो फिल्म आउँला भनेर उत्सुकताका साथ पर्खिरहेका थिए । तर अब सलमान यो फिल्मबाट बाहिरिएको समाचार आएको छ । ‘टाइगर ३’ पछि सलमान नयाँ प्रोजेक्टमा काम गरिरहेका थिए । उनको आगामी फिल्म ‘द बुल’ आउनेवाला थियो ।
तर यो फिल्ममा सलमानलाई देख्नै नपाइने खबरहरू आइरहेका छन् । उनले यो फिल्म छाडेको हल्लका छलेको छ । यसको पछाडि निकै ठुलो कारण भएको बताइएको छ । सलमान फिल्मबाट बाहिरिनुको कारण करण जोहर भएको बताइएको छ । भारतीय मिडियामा आएका समाचारका अनुसार सलमान खानले विष्णुवर्धनको निर्देशन र करण जोहरको लगानीमा बन्न लागेको ‘द बुल’मा खेल्न अस्वीकार गरेका छन् ।
निर्देशक विष्णुवर्धन र करण जोहरले फिल्मको सुटिङको मिति निक्र्यौल गर्न नसकेपछि अभिनेताले फिल्ममा खेल्न अस्वीकार गरेको बताइएको छ । सलमानले यो फिल्मको सुटिङका लागि दिएको डेट साजिद नाडियाडवालाको फिल्मलाई दिएको खबरहरू आइरहेका छन् । यो अफवाहबारेसलमान वा द बूलका मेकरहरूले केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण