आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पहिलो पटक खो खोको उमेर समूहको प्रतियोगिता

मङ्गलबार, २० चैत २०८०, १७ : १९
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेपाल खो खो संघले पहिलो पटक उमेर समूहको महिला तथा पुरुष प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खो खो संघको सह–आयोजनामा कैलालीको धनगढीमा सञ्चालन हुनेछ ।

नेपाल खो खो संघका अनुसार, ‘प्रथम यू–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता’ चैत २४ देखि २७ गतेसम्म आयोजना हुनेछ । खो खोको राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगिता पहिलो पटक मोफसलमा आयोजना गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेश खो खो संघले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनका अनुसार, प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी ६ वटा टोलीको सहभागिता रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप