राप्रपाद्वारा जनप्रदर्शनको तयारी तीव्र

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले काठमाडौँ केन्द्रित जनप्रदर्शनको तयारीलाई तीव्रता दिएको छ ।
गत ९ फागुनमा प्रधानमन्त्री प्रचण्डसमक्ष विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले २७ चैतमा काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । काठमाडौँ उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकिएको छ भने ती कमान्डरले पनि वडा कमान्डर तोकेका छन् ।
उनीहरूको नेतृत्वमा काठमाडौँ उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र्याली निक्लिने र वृहत् सभामा परिणत हुने राप्रपाले जनाएको छ ।
४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरेको राप्रपाको २७ चैतमा हुने जनप्रदर्शनमा देशभरबाट कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म