विदेशी युवतीको प्रेममा शाहरूखका छोरा

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरूख खानका छोरा आर्यन खान हिजो आज निजी जीवनका कारण चर्चामा छन् । उनको प्रेम सम्बन्धलाई धेरैले चासो दिएर हेर्ने गरेका छन् । यतिबेला आर्यन र ब्राजिलियन अभिनेत्री तथा मोडल लरिसा बोन्सीबीच डेटिङ चलिरहेको चर्चा सामाजिक सञ्जालमा छ ।
रेडिटमा एक यूजरले एउटा पुरानो म्युजिक प्रोग्रामको क्लिप शेयर गरेका छन् । यसमा आर्यन र लारिसा बोन्सी एक साथ देखिएका छन् । युजरले क्लि शेयर गर्दै दुवै एक अर्कालाई डेट गरिरहेको बताएका थिए । दुवैले एक अर्काको परिवारको सदस्यहरूलाई फलो गरेको पनि बताइएको छ । यस विषयमा आर्यन र लारिसाले कुनै प्रतिक्रिया दिएका छैनन् । दुई बिचको सम्बन्ध पुष्टि भइसकेको छैन ।
आर्यन लरिसाको जन्मदिनको पार्टीमा पनि देखिएका थिए । उक्त समारोहमा दुवै एकै साथ देखिएको अनि दुवैले एक अर्काको परिवारको सदस्यहरूलाई सामाजिक सञ्जालमा फलो गरेको भेटिएपछि भने नेटिजन्सले अनेक अड्कल बाजी गर्न थालेका छन् । यो पोष्टमा एक युजरले शाहरुखको घरमा विदेशी बेहुली आउन लागेको हो भन्दै प्रश्न गरेका पनि गरेका छन् । केही महिनाअघि आर्यन अभिनेत्री तथा डान्सर नोरा फतेहीसँग प्रेम सम्बन्धमा रहेको अफवाह सुन्नमा आएको थियो ।
लारिसाले गुरू रन्धावाको सूरमा सूरमा बोलको म्युजिक भिडिओमा काम गरेकी छिन् । अक्षय कुमारको देसी ब्वाइज फिल्ममा पनि उनले सानो भूमिका निर्वाह गरेकी थिइन् । आर्यन खान भने बलिउडमा डेब्यू गर्दैछन् । उनी पिता शाहरुखको होम प्रोडक्सन रेड चिल्लीले बनाउन लागेको फिल्म ‘स्टारडम’ निर्देशनको तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान