विश्वकै महँगो चकलेट, ५० ग्रामको मूल्य साढे ६५ हजार रुपैयाँ
चकलेट बच्चादेखि युवा युवती अनि बुढापाकासम्म अधिकांशलाई मन पर्छ । तपाईँले किन्नु भएको सबैभन्दा महँगो चकलेट कति मूल्यको थियो ? ट्रफल हालिएको आइस क्रिमदेखि सुनौलो स्यान्डबीचसम्म विश्वभर अनेकौँ खालका महँगा गुलिया अनि मिठा खानेकुरा पाइन्छ । यी सबै खानेकुरा अरूको ध्यान खिच्न बनाइएका खानेकुरा मात्रै हुन् । केही यस्ता खानेकुरा पनि छन् जसलाई महँगो बनाउन अति नै महँगा इन्ग्रेडियन्टहरू राखिएको पनि हुन्छ ।
तो’आक विश्वको सबैभन्दा महँगो चकलेट ब्रान्ड भएको दाबी कम्पनीले गरेको छ । इक्वेडरमा बनाइने यो चकलेटका लागि चाहिने नासियोनल कोकोआ त्यहाँको पियद्रा दि प्लाटा उपत्यकाको १४ वटा फारममा मात्रै खेती गरिने बताइएको छ । ५० ग्रामको यो चकलेटको मूल्य ४९० डलर अर्थात् ६५ हजार ५३७ नेपाली रुपैयाँ पर्छ । यो चकलेटका लागि यो रकम तिर्नु लायक छ कि छैन भन्ने कुरा यसलाई खाने व्यक्तिले बताउन सक्लान् । तर विश्वको सबैभन्दा महँगो चकलेट भन्दा धेरैले तो’आक भन्छन् ।
कम्पनीका सह–संस्थापक जेरी टोथले कम्पनीको ब्लगमा यसलाई विश्वको सबैभन्दा मूल्यवान चकलेट भएको दाबी गरेका छन् । चकलेटको सानो टुक्रालाई नै सयौं डलर पर्ने भनेपछि यो कस्तो इन्ग्रेडियन्टले बनाएको होला ? यो प्रश्न तपाईँको मनमा पनि उठेको होला । चकलेट महँगो हुनुको कारण एउटा मात्रै छैन । पहिलो कुरा त कम्पनीले यो चकलेट बनाउन उत्कृष्ट खालको नासियोनल कोकोआ मात्रै प्रयोग गर्नु हो । यो कोकोआलाई सन् २००९ मा नै संकटापन्नको सूचिमा राखिएको थियो । तर संयोगबस पियद्रा दि प्लाटा उपत्यकामा यो कोकोआका केही बोट भेटियो । पछि डीएनए परीक्षण गर्दा यो शतप्रतिशत नै नासियोनल कोकोआ भएको पाइयो । कम्पनीले कोकोआ किसानहरूलाई यसका लागि निकै ठुलो मूल्य तिर्ने गरेको छ । त्यसैले पनि चकलेट महँगो बनेको हो ।
त्यसपछि कुरा आउँछ चकलेट बनाउने प्रक्रियाको । यो कोकोआको दाना हातैले छानिन्छ । त्यसपछि ह्विस्की र कोग्न्याक बनाए जस्तै खालको प्रक्रिया अपनाइन्छ । यसबाट चकलेट तयार हुन केही महिनादेखि ८ वर्षसम्म लाग्छ । चकलेटको स्वाद बढाउन यसमा कम्बोडियन काम्पोट मरिच, इक्वेडरको पालो सान्तो बुड वा गालापागोस् सुन्तला जस्ता सुगन्धित वस्तु पनि हालिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको निवेदनमा सभामुखको प्रश्न : तपाईंविरुद्ध मुद्दा चलेको होइन ?
-
इम्पेरियल स्कुलमा कला र साहित्य महोत्सव : प्रविधि र साहित्यलाई जोड्न आवश्यक
-
संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग
-
मेटलाइफद्वारा चिसोको जोखिममा परेका समुदायलाई सहयोग
-
कुशल मल्लले बुटबलबाट अर्जुन ट्रफी खेल्ने
-
आशिका तामाङविरुद्ध आज थुनछेक, अदालत उपस्थित गराइयो