सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरूले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउने गरी हमला भइरहेपनि प्रयास सफल नहुने उनले बताए ।
' यो कुनै शासनले ल्याएको अभियान होइन । गरिब जनताले, सीमान्तकृत जनताले एक ठाउँमा बसेर आफ्नै उन्नतिका निम्ति, देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य बोकेर सुरु भएको हो । बेला- बेलामा सहकारी आन्दोलनमाथि विभिन्न हमला हुन्छ । तर डराउनुपर्दैन । यो क्षेत्रलाई कुनै कमी-कमजोरी छन् भने सच्याउनुपर्छ,' उनले भने ।
सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य प्रतिबद्ध हुनुपर्ने उनले बताए । केही सञ्चालकहरूले प्लटिङ, हाउजिङ, ठुला कारोबारलगायत नियम र मर्म विपरीतका काम गरेर सहकारी डुबाइरहेका भन्दै उनले यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
केही समूहहरू जनता भड्काएर अराजकता फैलाउन उद्धत रहेकाले उनीहरूबाट पनि सतर्क रहनुपर्ने मन्त्री गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
-
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’
-
ट्रम्पले फेड अध्यक्षलाई गाली गरेपछि अमेरिकी शेयर बजारमा पहिरो, घट्यो डलरको भाउ