एकीकृत समाजवादीद्वारा मन्त्री फिर्ता बोलाउन अस्वीकार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा आफ्नो पार्टीबाट तीन जनानै मन्त्री हुनुपर्ने बताएको छ । गठबन्धनमा भागबण्डा नमिलेपछि एक मन्त्री फिर्ता बोलाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आग्रह गरेपनि सो पार्टीले अस्वीकार गरेको हो ।
एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता कृष्ण खनालले पार्टीलाई तीन वटै मन्त्री चाहिने बताए ।
सो पार्टीबाट यसअघि दुई जना मन्त्री रहेकामा सोमबार रमा आलेले पनि विनाविभागीय मन्त्रीको शपथ लिएकी थिइन् । रमा मन्त्री बनेपछि गठबन्धनका अन्य नेताले यसअघिका दुईमध्ये एक मन्त्रीलाई फिर्ता बोलाउन भनेपनि त्यो आफूहरूलाई मान्य नभएको उनले बताए । एकीकृत समाजवादीले नमानेपछि १२ वटा मन्त्रालय रहेको बागमतीमा १३ जना मन्त्री भएका छन् । यसबारे छलफलका लागि मंगलबार नेताहरू बसेपनि सहमति नभएपछि हाललाई एमालेबाटै चार जना मन्त्री थप्ने र बाँकी विषय मिलाउँदै जाने तय भएको छ ।
एकीकृत समाजवादीबाट हाल श्रम, रोजगार तथा यातायात मन्त्रीमा लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षीमा राजेन्द्र मान श्रेष्ठ र विनाविभागीयमा रमा आले मन्त्री छन् । यस्तै माओवादीबाट मुख्यमन्त्रीसहित चार मन्त्री र एमालेबाट ५ जना मन्त्री छन् । यस्तै हाम्रो नेपाली पार्टीबाट एक जना मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)