उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने व्यवस्था गर्न प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारका अनुदान कार्यक्रम रोकेर कामको आधारमा प्रोत्साहन दिने कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाउन सचिवहरूलाई निर्देशन दिएका हुन् ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको बिदाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले व्यक्ति हेरेर अनुदान दिँदा सरकारको बजेट दुरुपयोग हुने गरेको बताए । प्रदेश सरकारको बजेटमा हुने लापरबाही रोक्न योजना तथा कार्यक्रमको मोडल परिवर्तन गर्नुपर्ने उनले बताए ।
‘सरकारको बजेटको दुरुपयोग रोक्न योजना तथा कार्यक्रमको मोडल परिवर्तन गर्नुपर्छ । व्यक्ति छानेर अनुदान दिने भन्दा पनि कार्यक्रमको मोडेल फेरेर कामको आधारमा प्रोत्साहन भत्ता दिने कार्यक्रम ल्याउने व्यवस्था गर्नुहोस् । प्रतिफल नदिने कार्यक्रममा सरकारले लगानी नगर्ने नीति लिएको छ । सरकारको नीति अनुरूप नागरिकले महसुस गर्ने गरी काम गर्न र सोही अनुसारको योजना ल्याउने वातावरण तयार गर्नुहोला,’ उनले भने ।
उनले सेवा प्रवाह, विकास निर्माण र जनता जीवन स्तर सुधारका क्षत्रेमा काम गर्ने रणनीति निर्माण गरेर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिए । प्रदेशको विकास र देखिने खालको काम गर्न तथा सोही अनुसार सरकारलाई सहयोग गर्न उनले आग्रह गरे । नागरिकको आवश्यकताको आधारमा प्रदेशको विकासमा जुट्न र जनताको विकासका योजनाका फाइल थन्काएर राख्न प्रवृत्ति अन्य गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह