शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जर्मन फुटबल महासङ्घद्वारा ४४ नम्बरको जर्सी प्रयोगमा रोक

मङ्गलबार, २० चैत २०८०, १४ : ३१
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । जर्मन फुटबल महासङ्घ र एडीडासले जर्मनीको राष्ट्रिय फुटबल टोलीको जर्सी बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ । खेलकुद सम्बन्धि सामाग्री उत्पादन गर्ने विश्व चर्चित कम्पनी एडिडास र राष्ट्रिय फुटबल महासङ्घले जर्मनीको ४४ नम्बरको जर्सी प्रयोगमा रोक लगाएको हो ।

समर्थकहरुलाई समेत ४४ नम्बरको जर्सी प्रयोग गर्नबाट रोक लगाइएको छ । जर्सीमा ४४ नम्बर प्रिन्ट गर्दा नाजी पार्टीको लोगो (अंग्रेजी अक्षर एसएस) जस्तो देखिन गएकाले उक्त जर्सी प्रयोगमा रोक लगाइएको समाचारमा जनाइएको छ ।

जर्सीमा सुधार गरेर पुनः बजारमा ल्याइने एडीडासले जनाएको छ । ‘यसमा कसैको दोष वा संलग्नता छैन । जर्सी नम्बरको डिजाइन गर्दा भुलवस यस्तो हुन गएको हो,’ जर्मन फुटबल महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप