नेपाल वायुसेवा निगममा देखिएको अनियमितता अन्त्य गर्न दृढ छु : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताए । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए । मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धी निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए । उनले निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न सरकारले चाहेको बताए ।
मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नेपर्ने कुनै कारण नरहेको स्पष्टीकरण पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै