‘गण्डकीमा नयाँ गठबन्धनकै सरकार बन्छ’
केन्द्रीय सत्ता गठबन्धनको पराकम्प गण्डकीमा पनि छ । चैत २२ भित्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने बाध्यता छ। तर बहुमत पुर्याउन सहज देखिँदैन । यसैगरी एमालेसहितको नयाँ गठबन्धनको पनि बहुमत छैन । यस्तो अवस्थामा अब गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेबारे टुंगो लागिसकेको छैन । कसैको पक्षमा पनि नखुलेको राप्रपाको निर्णयमा नयाँ सरकार बन्ने देखिन्छ ।
गण्डकीमा नयाँ गठबन्धनबाट एमालेले मुख्यमन्त्रीमा दावी गरेको छ भने माओवादीले अहिलेसम्म सरकारको नेतृत्व नपाएकोले आफ्नो पालो भएको बताएको छ । केन्द्रमा एमालेले नै मुख्यमन्त्री लिने सहमति भएको भन्ने चर्चाका बिच रातोपाटीले माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानसँग संक्षिप्त कुराकानी गरेको छ-
गण्डकीमा नयाँ सरकार कि यही सरकारको निरन्तरता ?
यो सरकारको आयु सकियो । अब नयाँ सरकार बन्छ । केन्द्रको गठबन्धन अनुसार नै यहाँको सरकार गठन हुन्छ । हामी आन्तरिक रूपमा तयार छौँ ।
राप्रपा विना सरकार बन्दैन, राप्रपाले निर्णय नै नगरी तपाईंहरुको सरकार कसरी बन्छ ?
निर्णय त केन्द्रीय समितिले गरिसकेको छ नि । प्रदेशको परिस्थिति अनुसार निर्णय लिने कुरा गरेकै छ । हाम्रो यहाँ नयाँ गठबन्धनलाई राप्रपाले सघाउँछ । सरकार बन्छ ।
२७ गतेसम्म समर्थन नगर्ने भनेको छ नि !
राप्रपाले अहिले नै समर्थन गर्छ । बागमतीबाटै बुझियो नि राप्रपाको कुरा । एकीकृत समाजवादी तयार नभएको भए राप्रपाले साथ दिने कुरा थियो । यहाँ पनि त्यस्तै हो । (३) मा जाने भनेको त मध्यावधि तिर सोझिने हो । त्यसमा जान त दिनै भएन । राप्रपाले यो कुरा बुझेको छ ।
पद बाँडफाँट पनि भैसकेको हो ?
पद बाँडफाँट भैसकेको छैन । तर समर्थन गर्ने कुरा त भएकै छ । अहिले सरकार बनाउनेमा नै बढी जोड दिएका छौँ । पद भनेको आन्तरिक विषय भयो ।
उपसभामुख र मन्त्री दिने कुरा बाहिरिएको छ त !
खै कसले भन्यो थाहा छैन । अहिले त्यो खालको छलफल भैसकेको होइन ।
सरकारको नेतृत्व अब कसले लिन्छ ?
नेतृत्व त टुंगिसकेको छैन । मिडियाले हल्ला गर्ने एउटा कुरा हो । तर परिस्थिति अनुसार निर्णय हुन्छ । साथीहरूको भनाई अनुसार अहिले गण्डकीमा माओवादीलाई सजिलो हुन्छ । दीपक मनाङेको भोट पनि माओवादीले सजिलोसँग पाउन सक्छ । अरुको पनि विश्वास जोगाउन सक्छ ।
तपाईंकै दलभित्रका फडिन्द्र देवकोटा जोगाउन हम्मे परेको छ !
त्यस्तो होइन । फरक दल बन्ने कुरा सजिलो छैन । गर्न त निकै मेहनत गरेका हुन् । तर छुट्टै अभिलेख रहँदैन भन्ने निष्कर्ष भएको छ । उहाँ अहिले माओवादीकै संसदीय दलको सदस्य हो । अरु कुरा गर्नुभएको पनि छैन ।
बैठकमा आउनुभएको छ ?
पहिले त बैठकमा आइरहनुभएको हो । तर पछिल्लो समय औपचारिक बैठक बसेको पनि छैन । अनौपचारिक छलफल भैरहेको छ । संवाद निरन्तर छ ।
मुख्यमन्त्री एमालेको हुने कुरा पो सुनिन्छ नि ?
लविङ गर्ने कुरा स्वाभाविक नै हो । तर सहज के हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले गण्डकीमा माओवादीले नेतृत्व गर्दा सरकारलाई सहज हुन्छ । सङ्ख्याका कुरा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !
-
सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)