सत्ता राजनीति
एमाले संसदीय दलका नेता यामलाल कँडेल फेरि मुख्यमन्त्री निवासमा
मङ्गलबार, २० चैत २०८०, १३ : ३०

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल अहिले पुनः मुख्यमन्त्री निवासका पुगेका छन् । मङ्गलवार साँढे १ बजे उनी मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागि पुगेका हुन् ।
यसअघि मङ्गलवार बिहान पनि उनी मुख्यमन्त्रीसँग छलफलका लागि पुगेका थिए ।
कँडेलसँग छोटो छलफलपछि माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । त्यसयता पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल भइरहेको छ। सोही छलफल चलिरहँदा फेरि कँडेल पनि पुगेका हुन् ।
सत्ता गठबन्धनभित्र कर्णालीको नेतृत्व एमालेलाई दिने गरी सहमति भए पनि माओवादी भित्रको असन्तुष्टिले कार्यान्वयनमा समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा