शिक्षामन्त्री सुमनालाई सांसद पाण्डेको प्रश्न, ‘जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाहिरबाट प्रशिक्षार्थी कर्मचारी भर्ना गरेर काम गराउन ल्याएको कार्यविधिमाथि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बाल्दै मन्त्री श्रेष्ठले निजामती कर्मचारीलाई बाइपास गरेर बाहिरबाट कर्मचारी भर्ना गर्न खोजेकोप्रति आपत्ति जनाएका हुन् ।
उनले शिक्षा मन्त्रालयका विभिन्न शाखामा रहेका निजामती कर्मचारी कामविहीन भइरहेको अवस्थामा बाहिरबाट कर्मचारी भर्ना गर्नुको औचित्य नहुने बताए । उनले भइरहेका कर्मचारीमाथि अविश्वास गरेर र त्यसरी बाहिरबाट प्रशिक्षार्थी कामदार ल्याउँदा सरकारी सूचनाको गोपनीयता भङ्ग हुने बताए ।
सांसद पाण्डेले भने–‘भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा कर्मचारी भर्ना गर्दा ७४ हजार निजामती कर्मचारीमा कस्तो प्रभाव पर्ला ? सरकारले सोचेको छ ? के हेर्नुभएको छ सरकारका प्रधानमन्त्रीले ? उहाँका सबै मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो ? त्यो छुट्टै आइल्याण्ड हो ? जे मन लाग्यो त्यही निर्णय गर्न पाइन्छ ? अनि यी सित्तैमा काम गर्न आउने मान्छे हो कि होइनन् ? शिक्षामन्त्रीले गरेजस्तै मेरो अन्डरका पुलिसले काम गरेनन्, सहयोग गरेनन्, म छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने ?’
यो खालको कामले देशलाई र विधिको शासनलाई कहाँ पुर्याउँछ भन्दै सांसद पाण्डेले प्रश्न गरे । मन्त्री श्रेष्ठले प्रशिक्षार्थी कामदार राख्ने कार्यविधिले निजामती कर्मचारीको मनोविज्ञानमा असर पर्छ कि पर्दैन भन्दै शिक्षा मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा वर्षा र हिमपात, कृषकहरू उत्साहित (तस्बिरहरू)
-
गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् ठेक्का रद्द गरिएको धुलिखेल खावा सडकखण्डको दुर्दशा
-
बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको बिक्री सुरु
-
मिथिला माध्यमिकी परिक्रमाका यात्री फूलहर पुग्दै