एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्ने काम गर्न सांसद शर्माको माग
मङ्गलबार, २० चैत २०८०, १२ : ३६

काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले स्कुल तहको पढाई सकेपछि युवाहरू विदेश पलायन हुने अवस्था रोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नेपालमै ए लेभल पढाई हुने कलेज खोलेर उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न माग गरेकी हुन् ।
उनले भनिन–‘अहिले एसइई परीक्षा चलिरहेको छ, प्रत्येक वर्ष एइई दिएपछिका युवा जनशक्ति विदेश पलायन भइरहेको छ । शिक्षाका नाममा विदेश पलायन हुने यो जनशक्ति रोक्नका लागि अमेरिका, क्यानडा, अस्ट्रेलियामा हुने ए लेभलका कलेज सञ्चालनको काम गर्न आवश्यक छ ।’
यस्तै राज्यका विभिन्न निकायमा खुला प्रतिस्पर्धा गरेर न्यायालय, अख्तियार, संवैधानिक निकायमा काम गर्नका लागि युवाहरूले हासिल गरेको उच्च शिक्षाको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल