लुम्बिनीमा मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशका गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बिहीबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।
पाण्डेले भने -'जे हुन्छ बैठक मै हुन्छ। त्यसैले सरकारले बैठक आव्हान गरेको छ ।' केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।
यता माओवादी , एमाले सहित दलहरू पनि केन्द्रीय समीकरण अनुसार माओवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने