सरकारले ३ प्रतिशत ब्याजदरमै उठायो १३ अर्ब सार्वजनिक ऋण

काठमाडौं । बजारमा अधिक तरलताको फाइदा सरकारले अल्पकालीन ऋणबाट उठाएको छ । मंगलबार १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुरै ट्रेजरी अधिकतम ३.०३९९ प्रतिशतमा बिक्री गरेको हो ।
कूल ट्रेजरीका लागि १८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ वटा आवेदन परेको थियो ।
प्रतिस्पर्धात्मक र प्रतिस्पर्धात्मक दुबै प्रणालीबाट बोलकबोलमा भाग लिएका बैंकहरुले प्रस्तावित ब्याजदरबाट न्यूनतम २.८००१ प्रतिशतदेखि अधिकतम ३.०३९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए । यसबाट औसत ३.०११३ प्रतिशत ब्याजदर कायम गर्दै पुरै (१३ अर्ब ५ करोड रुपैयाँ बराबर) ट्रेजरी बिक्री गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
त्यसो त सोमबार (हिजो) बाट मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋणपत्र तथा यससँग सम्बन्धित बण्डहरुको निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी लिएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आएपश्चात ऋण व्यवस्थापन कार्यालयले यो जिम्मेवारी लिएको हो । यसअघि सरकारी ऋणपत्र तथा अन्य बण्डहरुको निष्कासन तथा असुली सबै व्यवस्थापन राष्ट्र बैंकले हेर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित
-
नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ