सहकारी ठगीमा श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायाे प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताएका हुन् ।
‘श्रममन्त्री आर्यालले हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्र होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोरखा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ,’ उनले भने ।
समस्या ग्रस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद यादवको आशङ्का छ । ‘यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौँ । त्यसका लागि संसदीय छानबिन समिति भनिरहेका छौँ ,’ उनले भने । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
-
ट्वाइलेटमा धेरै फोन चलाउनुहुन्छ, पायल्सले सताउला है !
-
युक्रेन पुगे ट्रुडोसमेत कयौँ युरोपेली नेता
-
लोकप्रिय पर्यटन गन्तव्यमा ५ महिला र ३ पुरुषको हत्या