तातियो कर्णालीको राजनीति, मुख्यमन्त्री शर्मा र कँडेलबिच भेट

सुर्खेत । केन्द्रीय सत्ता गठबन्धनको निर्णय विरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको छ । यहीबिचमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शर्माको निवासमा पुगेका छन् ।
मंगलबार बिहान भएको संक्षिप्त भएको भेटमा दुवै नेताका आ–आफ्ना अडान राखेको स्रोतको भनाइ छ । त्यसक्रममा मुख्यमन्त्री शर्माले पहिलाकै सहमति अनुसार पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, कँडेलले केन्द्रको सर्कुलर अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा राखेको स्रोतको भनाइ छ । दुवै नेताहरूले आ–आफ्नो अडान राखेसँगै कुरा नमिलेपछि कँडेल त्यहाँबाट बाहिरिएको स्रोतले बतायो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद मिलाउन भन्दै माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । कँडेल बाहिरिएसँगै शाही सहित पार्टीभित्रका नेताहरूबिच छलफल चलिरहेको छ । ‘कँडेल बाहिरिएपछि महेन्द्र शाहीज्यू आउनुभयो,’स्रोतले भन्यो, ‘केन्द्रबाट केही सन्देश ल्याएर आउनु भएको होला, अहिले छलफल चलिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो