मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

तातियो कर्णालीको राजनीति, मुख्यमन्त्री शर्मा र कँडेलबिच भेट

मलाई निरन्तरता दिनुहोस्  : शर्मा, केन्द्रको निर्णय मान्नुपर्छ : कँडेल
मङ्गलबार, २० चैत २०८०, ११ : १७
मङ्गलबार, २० चैत २०८०

सुर्खेत । केन्द्रीय सत्ता गठबन्धनको निर्णय विरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको छ । यहीबिचमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शर्माको निवासमा पुगेका छन् । 

मंगलबार बिहान भएको संक्षिप्त भएको भेटमा दुवै नेताका आ–आफ्ना अडान राखेको स्रोतको भनाइ छ । त्यसक्रममा मुख्यमन्त्री शर्माले पहिलाकै सहमति अनुसार पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, कँडेलले केन्द्रको सर्कुलर अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा राखेको स्रोतको भनाइ छ । दुवै नेताहरूले आ–आफ्नो अडान राखेसँगै कुरा नमिलेपछि कँडेल त्यहाँबाट बाहिरिएको स्रोतले बतायो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद मिलाउन भन्दै माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । कँडेल बाहिरिएसँगै शाही सहित पार्टीभित्रका नेताहरूबिच छलफल चलिरहेको छ । ‘कँडेल बाहिरिएपछि महेन्द्र शाहीज्यू आउनुभयो,’स्रोतले भन्यो, ‘केन्द्रबाट केही सन्देश ल्याएर आउनु भएको होला, अहिले छलफल चलिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप