मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मङ्गलबार, २० चैत २०८०, ०७ : २९
मङ्गलबार, २० चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् । 

केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । 

यद्यपि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि मुख्यमन्त्री शर्मा अन्योलमा छन् ।  केन्द्रको यो निर्णयप्रति माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप