उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मङ्गलबार, २० चैत २०८०, ०६ : ५७
_1VGFAZ0c4W.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण