चैत २३ र २४ गते नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक
सोमबार, १९ चैत २०८०, २३ : १०

काठमाडौँ । चैत २३ र २४ गत नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । सोमबार सो पार्टीका महासचिव गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
महासचिव चौधरीले एक सूचना जारी गर्दै बैठकमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध गरेका छन् । पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।
बैठक काठमाडौँस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो पार्टीमा अहिले संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबिच आन्तारिक विवाद उत्कर्षमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट नवीकरणमा सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’