अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्: प्रधानन्यायाधीश श्रेष्ठ
![अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्: प्रधानन्यायाधीश श्रेष्ठ](https://npcdn.ratopati.com/media/news/bishwombhar-shrestha-विश्वम्भरप्रसाद_TViNRT7b4d.jpg)
चितवन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् ।
सोमवार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पहिलाको तुलनामा अहिले अदालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताए । उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे । उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरू नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए । उनले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताए । उनले मुद्दाहरूलाई कानुनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘अदालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रूपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरूमा राम्रो दृष्टिकोणले मुद्दा निरूपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरू छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरू छन् । ती मुद्दाहरूलाई हामीले पक्षबाट न्यूनीकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् । मुद्दाहरूलाई कानुनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध छौँ, लागिरहेका छौँ । अहिलेको भोलि नै हुने कुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छौँ ।’
प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरूमा आवश्यक पर्ने न्यायाधीशहरूको व्यवस्थापन बिस्तारै हुँदै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि